नेरदल्यान्ड्सविरुद्ध नामिबिया १२३ रनमा अलआउट’, नामिबिया पराजित भए नेपाललाई फाइदा-Sutra News

नेरदल्यान्ड्सविरुद्ध नामिबिया १२३ रनमा अलआउट’, नामिबिया पराजित भए नेपाललाई फाइदा

सोमबार, ७ फाल्गुन २०८०

सोमबार, ७ फाल्गुन २०८०

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ त्रिकोणात्मक ओडीआई सिरिजमा नामिबियाले नेरदल्यान्ड्सलाई जम्मा १२४ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला फिल्डिङ गरेको नेरदल्यान्ड्सले नामिबियालाई १२३ रनमा अलआउट गरेको हो ।



कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियाका लागि जेजे स्मिथले सर्वाधिक २६ रन बनाए । यस क्रममा उनले दुई छक्का र एक चौका प्रहार गरे ।

त्यस्तै, रुबेन ट्रम्पलम्यानले ३९ बलमा २० रन बनाए । उनले एक छक्का प्रहार गरे । विकेटकिपर जेन ग्रिनले १९ रन बनाए । निकोलास डेभिन र कप्तान जेरहार्ड इरास्मसले १३–१३ रन बनाएका थिए ।

नेदरल्यान्ड्सका आर्यन दत्तले घातक बलिङ गर्दै ६ विकेट लिएपछि नामिबया ३५.१ ओभरमा अलआउट हुन पुगेको हो । दत्तले ९ ओभर बलिङ गर्दै ३४ रन खर्चेर ६ विकेट लिएका हुन् । कायल क्लेइनले २ तथा म्याक्स ओ डाओड र रोलोफ भान डर भर्वेले १–१ विकेट लिए ।

त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो । आजको खेलमा नामिबिया पराजित भए नेपाललाई फाइदा हुने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट