बाफ्टा अवार्ड: ‘ओपेनहाइमर’को वर्चस्व, दोस्रो स्थानमा ‘पुअर थिंग्स’-Sutra News

बाफ्टा अवार्ड: ‘ओपेनहाइमर’को वर्चस्व, दोस्रो स्थानमा ‘पुअर थिंग्स’

सोमबार, ७ फाल्गुन २०८०

सोमबार, ७ फाल्गुन २०८०

काठमाडौं । गत वर्षको सफल हलिउड फिल्म ‘ओपेनहाइमर’ले एकपछि अर्को प्रतिष्ठित अवार्डमा आफ्नो वर्चस्व बनाइरहेको छ । गोल्डन ग्लोब अवार्ड्सपछि अब बाफ्टा अर्थात् ब्रिटिस एकेडेमी फिल्म अवार्डमा पनि यो फिल्मले बाजी मारेको छ ।



यसले सर्वश्रेष्ठ फिल्म, निर्देशक र अभिनेतासहित ७ विधामा उपाधि जित्यो । १३ विधामा मनोनित भएको फिल्मले सर्वोत्कृष्ट फिल्मदेखि निर्देशक-अभिनेतासम्मको अवार्ड जित्न सफल भएको हो ।

उक्त अवार्ड समारोहमा ‘ओपेनहाइमर’का अलावा अर्को एउटा फिल्मको पनि दबदबा देखियो । योर्गोस ल्यान्थिमोसद्वारा निर्देशित फिल्म ‘पुअर थिंग्स’ले उत्कृष्ट अभिनेत्री, कस्ट्यूम, मेकअप एन्ड हेयर, प्रोडक्शन डिजाइन र स्पेशल भिजुअल इफेक्ट गरी ५ वटा अवार्ड आफ्नो नाममा गरेको छ । बाफ्टा अवार्डमा भारतको प्रतिनिधित्व गर्दै अभिनेत्री दीपिका पादुकोण सहभागी भएकी थिइन् ।

दोस्रो स्थानमा रहेको फिल्म ‘पुअर थिंग्स’ले पाँच विधामा अवार्ड जित्न सफल भएको छ ।

बाफ्टाको जितले ‘ओपेनहाइमर’को ओस्कार विजयको सम्भावनालाई थप बलियो बनाएको छ । मार्चमा हुने ओस्कारका लागि क्रिस्टोफर नोलन निर्देशित यो फिल्म सर्वाधिक १३ विधामा मनोनित छ ।

बाफ्टा अध्यक्ष सारा पुटले लन्डनको रोयल फेस्टिभल हलमा दर्शकदीर्घालाई स्वागत गर्दै समारोह उद्घाटन गरेकी थिइन् ।

 

विजेताको सूची :-

बेस्ट फिल्म – (ओपेनहाइमर)
बेस्ट डायरेक्टर – क्रिस्टोफर नोलन (ओपेनहाइमर)
बेस्ट एक्टर (लिड रोल) – किलियन मर्फी (ओपेनहाइमर)
बेस्ट एक्टर (सपोर्टिङ रोल) – राबर्ट डाउनी जूनियर (ओपेनहाइमर)
बेस्ट सिनेमेटोग्राफी – होयट भ्यान होयटमा (ओपेनहाइमर)
बेस्ट एडिटिङ – जेनिफर लेम (ओपेनहाइमर)
बेस्ट ओरिजिनल स्कोर – लुडविग गोरान्सन (ओपेनहाइमर)

बेस्ट एक्ट्रेस (लिड रोल) – एमा स्टोन (पुअर थिंग्स)
बेस्ट कस्ट्यूम डिजाइन – होली वाडिङ्गटन (पुअर थिंग्स)
बेस्ट मेकअप एन्ड हेयर – नादिया स्टेसी, मार्क कूलियर र जोश वेस्टन (पुअर थिंग्स)
बेस्ट प्रोडक्शन डिजाइन – शोना हीथ, जेम्स प्राइस र ज़ुस्जसा मिहालेक (पुअर थिंग्स)
बेस्ट स्पेशल भिजुल इफेक्ट – साइमन ह्यूजेस (पुअर थिंग्स)

बेस्ट एक्ट्रेस (सपोर्टिङ रोल) – डिवाइन जोय रान्डोल्फ (द होल्डओभर्स)
बेस्ट कास्टिङ – सुसान शापमेकर (द होल्डओभर्स)

बेस्ट फिल्म (गैरअंग्रेजी) – द जोन फफ इन्ट्रेस्ट
बेस्ट एनिमेटेड फिल्म – द ब्वाई एन्ड द हिरोन
बेस्ट ओरिजिनल स्क्रिनप्ले – जस्टिन ट्राइट र आर्थर हरारी (एनाटोमी अफ ए फल)
बेस्ट अडेप्टेड स्क्रिनप्ले – कोर्ड ज्याफरसन (अमेरिकन फिक्सन)
बेस्ट डक्यूमेन्ट्री – २० डेज इन मारियुपोल
बेस्ट साउन्ड – जोनी बर्न र टार्न विलर्स (द जोन अफ इन्ट्रेस्ट)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट