काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीमा कांग्रेस सभापति शेरबहादुर देउवाले बैठक उद्घाटन गरेका हुन् ।
कार्यक्रम स्थलमा देशभरबाट महासमिति सदस्यहरू उपस्थित रहेका छन् । बैठक फागुन १० गतेसम्म चल्नेछ ।
बैठकमा नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले, सांगठनिक प्रतिवेदन महामन्त्री गगन थापाले र समसामयिक राजनीतिक प्रतिवेदन अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्ने छन् ।
यसैगरी अर्थमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा समेटिएको प्रतिवेदन र लेखा समितिका संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्ने भएका छन् ।