पहिरोमा परी २५ जनाको मृत्यु, १० जना घाइते-Sutra News

पहिरोमा परी २५ जनाको मृत्यु, १० जना घाइते

सोमबार, ७ फाल्गुन २०८०

सोमबार, ७ फाल्गुन २०८०

काठमाडौं । पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तको नोर्गाराम जिल्लामा आइतबार पहिरो जाँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । दश जना घाइते भएको स्थानीय प्रशासक कारी हबिबुल्लाह साबिरले सोमबार बताए ।



अधिकारीका अनुसार आइतबार राति नोरगरम जिल्लाको तातिन दारा क्षेत्रमा भारी वर्षा र हिउँ परेपछि भएको दुर्घटनामा महिला तथा बालबालिकालगायतका धेरै व्यक्ति परेका छन् । उनीहरूका अनुसार उद्धार कार्य जारी छ । पहिरोका कारण कम्तीमा २० वटा घर क्षतिग्रस्त भएका छन् ।

घटनाको पुष्टि गर्दै राष्ट्रिय विपद् अधिकारीका प्रवक्ता मुल्लाह जानान स्याकले दुर्घटनामा परी मृत्यु हुनेको संख्या परिवर्तन हुन सक्ने बताए ।

राजधानी सहर काबुलसहित अफगानिस्तानका केही भागमा आइतबार दिउँसोदेखि वर्षा र हिमपात भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट