काठमाडौं । क्यानडा ११ विरुद्धको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ टोलीले २४१ रनको लक्ष्य पाएको छ । मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले ४९ ओभर ५ बलमा अलआउट हुँदै २४० रन बनाएको हो ।
क्यानडाका लागि श्रेयास मोभाले सर्वाधिक ६८ रन बनाए । नवनित धलिवलले ४६, सृमन्थ विजयरत्नेले ४१ र आरोन जोन्सनले ३६ रन बनाएका थिए ।
बलिङतर्फ नेपालका शाहव आलमले ३, शेर मल्ल र रशिद खानले २–२, बसिर अहमद र सागर ढकालले १–१ विकेट हात पारे ।