बढ्न सकेन शेयर बजार-Sutra News

बढ्न सकेन शेयर बजार

मंगलबार, ८ फाल्गुन २०८०

मंगलबार, ८ फाल्गुन २०८०

काठमाडौं । गत सातादेखि नै शेयर बजार करिब निरन्तर ओरालोमा छ । योबीचमा बजारमा ६३ अंकको गिरावट आएको छ ।



२१ सयको बिन्दुमा चलिरहेको बजार अहिले २ हजारको वरिपरि छ । निरन्तरको गिरावटलाई हेर्दा, बजार पुनः २ हजारबाट पनि मुनि झर्ने अनुमान लगाउन सकिन्छ ।

यो साताको दुई दिनमा मात्रै बजारमा करिब २९ अंकको गिरावट आएको छ ।

यद्यपि, लगातारको गिरावटका बीच साताको दोस्रो कारोबार दिन मंगलबार बजार उठ्ने शैलीमा देखिएको थियो । करिब १७ अंकको उतार चढावका बीच बजार उक्लिने स्थितिमा देखिएको थियो ।

तर, अन्तिम कारोबारको समय बजारमा पुनः गिरावट आयो । १.७६ अंकले घट्दै मंगलबारको कारोबार बन्द भएको छ ।

मंगलबार कारोबारमा आएका २४९ कम्पनीमध्ये ९० कम्पनीको मूल्यमा बृद्धि भएको छ भने १५० कम्पनीको मूल्यमा गिरावट आएको छ । मंगलबार विकास बैंक, फाइनान्स, लगानी, उत्पादन तथा प्रशोधन र अन्य समूहमा बृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट