‘महाजात्रा’को टिजमा पैसा लुकाउने जागिर पाएकाको कथा-Sutra News

‘महाजात्रा’को टिजमा पैसा लुकाउने जागिर पाएकाको कथा

मंगलबार, ८ फाल्गुन २०८०

मंगलबार, ८ फाल्गुन २०८०

काठमाडौं । निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘महाजात्रा’को टिजर सार्वजनिक भएको छ ।



निर्माण पक्षले आज फिल्मको टिजर ओएसआर डिजिटलमार्फत सार्वजनिक गरेको हो ।

सार्वजनिक टिजरमा एक गाडी पैसा लुकाउने जागिर पाएकाको कथा देखाइएको छ ।

फिल्मका मुख्य पात्रले पैसा लुकाउने जागिर पाएसँगै कलाकार फणीन्द्र (विपीन काकी), जोएश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) पैसा व्यवस्थापनको चटारोमा देखाइएका छन् । उनीहरुले आकस्मिक रूपमा प्राप्त पैसा व्यवस्थापन सजिलै गर्न नसक्दा त्यसका लागि कमिसनको खेल सुरु भएको दृश्य टिजरमा समावेश छ । जसमा कलाकार हरिवंश आचार्यसँग यी तीन मुख्य पात्रको नोक्झोक पनि देखाइएको छ ।

‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शंखलाका रुपमा ‘महाजात्रा’ निर्माण भएको हो । जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई फिल्मले प्रस्तुत गर्ने निर्माण पक्षले बताएको छ ।

जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रूपले प्रस्तुत गरिएको फिल्ममा विपीन कार्की, वर्षा राउत, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, हरिवंश आचार्य, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङलगायत कलाकारको अभिनय छ ।

षट्कोण आर्टस ब्यानरमा निर्माण भएको फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।

पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन् । यस्तै, फिल्ममा जितबहादुर रूवाली एसोसियट निर्देशक, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीतकार, शमशेर लामा शृंगार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

फिल्म आगामी चैत ९ गतेबाट प्रदर्शन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट