अस्वस्थ खानाले नेपालमा एकै वर्षमा नौ हजार जनाको मृत्यु हुँदै-Sutra News

अस्वस्थ खानाले नेपालमा एकै वर्षमा नौ हजार जनाको मृत्यु हुँदै

मंगलबार, ८ फाल्गुन २०८०

मंगलबार, ८ फाल्गुन २०८०

काठमाडौं । नेपालमा असुरक्षित खानाका कारण हरेक वर्ष नौ हजारको मृत्यु हुने गरेको अध्ययनले देखाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आयोजित प्रदेश स्तरीय खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी गोष्ठीमा अध्ययनबारे जानकारी दिइएको हो ।



खाद्य अनुसन्धान अधिकृत दिनेश सुवेदीले होटलमा विशेष गरी मिसावट, तेलजन्य खाद्यबाट उत्पन्न हुने समस्या, रङको प्रयोग र सूक्ष्म जीवले मानव स्वास्थ्यमा समस्या देखिएको बताए ।

अनुसन्धान अधिकृत सुवेदीका अनुसार विराटनगरका होटल रेष्टुराँको अनुगमनका क्रममा फोहर व्यवस्थापन चुनौतीपूर्ण रहेको पाएको, होटलको फोहर व्यवस्थापन, सरसफाइ र कामदारको व्यक्तिगत सरसफाइ चुनौतीपूर्ण हुँदै गएको पाइएको छ ।

होटल व्यस्त सडकको नजिक हुँदा धुलो, धुँवाको समस्या थपिएको छ । खाद्यान्न दलहनतर्फ ४७ वटा र प्रशोधित पिउने पानी १२१ थान मुद्दा जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका छन् ।

गोष्ठीमा प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहाल, १४ वटै जिल्लाका साना तथा घरेलु उद्योग कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट