१. सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेलेपछि दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’द्वारा क्यानडा एघार २ विकेटले पराजित । पहिलो खेलमा नेपाल ‘ए’ क्यानडा ११ सँग पराजित भएपनि आजको जितसंगै ३ खेलको सिरिज १–१ को बराबरीमा ।
२. वर्तमान सत्ता गठबन्धन र सरकार पूर्णरूपमा असफल भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दाबी । आफ्नो पालामा गिरिबन्धु टी स्टेटमा तलमाथि नभएको जिकिर गर्दै कांग्रेसको पालमा ७० बिगाहा जमिन सित्तैमा दिइएको आरोप ।
३. विश्वमा देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ खटिएका नेपाली सैनिकले खतराको सामना गर्नुपरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई । शान्ति स्थापनाकार्य जटिल राजनीतिक–सैन्य–मानवीय प्रयासका रूपमा विकसित भएको उल्लेख गर्दै शान्ति सैनिकले अझ धेरै बुझ्नुपर्ने र तयारी गर्नुपर्ने अवस्था आएको दाबी ।
४. नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको चार दिन लामो विवाद र रस्साकस्सीपछि महामन्त्री गगन थापाद्वारा आगामी चुनावका लागि कुनै पनि गठबन्धन गर्न नहुने अडानसहितको प्रतिवेदन पेश । कुनै पनि कांग्रेसी कार्यकर्तालाई नेतृत्वले रुख चिन्हबाहेक अन्यमा भोट हाल्न दबाब दिन नपाइने अडानमा सहितको प्रतिवेदन महासमितिमा ल्याउन सफल ।
५. बालकुमारी घटनामा संलग्न रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पदबाट राजीनामा नदिएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरे चर्को आलोचना । आजबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नैतिकता नभएको मन्त्री र हुतीहारा प्रधानमन्त्रीबाट राजीनामाको आश गर्नुमात्र भएको टिप्पणी ।
६. वर्तमान सत्ता गठबन्धन उपलब्धिमूलक भएको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको निष्कर्ष । सोमबारदेखि जारी महासमिति बैठकमा समसामयिक राजनीतिक प्रस्ताव पेश गर्दै पटक-पटकको संसद् विघटन र संविधानको रक्षाका लागि मुख्य दलहरू गत निर्वाचनमा एक भएर मैदानमा होमिएका कारण गठबन्धनबाट उपलब्धि हासिल भएको जिकिर, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल तोक्ने प्रस्ताव ।
७. सत्तारुढ दल नेपाली कांग्रेसद्वारा संसद्को चौथो र पाँचौँ ठूला दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रति कटाक्ष । उपप्रधान एवं रक्षामन्त्रीसमेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले तयार पारेको नीति प्रस्तावमा रास्वपालाई ‘लोकप्रियतावादी’ र राप्रपालाई ‘अधिनायकवादी’ करार ।
८. बालकुमारी घटनासम्बन्धी प्रतिवेदनको अध्ययन सकिएपछि मात्रै सरकारले आवश्यक निर्णय लिने । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माद्वारा बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगको प्रतिवेदन गृहमन्त्रीले प्रधानमन्त्रीलाई बुझाएको भन्दै प्रतिवेदनको अध्ययन सकिएपछि मात्रै आवश्यक निर्णय लिइने जानकारी ।
९. नेपाली कांग्रेसको जारी महासमिति बैठकमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको लागि झण्डै नाै सय प्रतिनिधिले गरे हस्ताक्षर । पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य डा. शशांक कोइराला, पूर्वसभामुख तारानाथ रानाभाटलगायतले पनि हस्ताक्षर गरेको केन्द्रीय सदस्य शंकर भण्डारीद्वारा जानकारी ।
१०. संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयको नागरिकता तथा राहदानी विवादसम्बन्धी रिट दरपीठको निर्णयलाई सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासद्वारा सदर ।पाण्डेयको नागरिकता र राहदानी विवादबारेको रिटलाई इजालसले पनि दर्ता गर्न अस्वीकार गरेसँगै पाण्डेयमाथि उठेको कानुनी प्रश्नको अन्त्य ।
११. मिलेनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसीसी कम्प्याक्ट) लागू भएको करिब छ महिना पुग्न लागेपनि प्रारम्भिक चरणका कामसमेत अगाडी बढ्न सकेनन् । एमसिए–नेपाल अन्तर्गत बनाउने भनिएका विद्युत् प्रसारण लाइन र सडक निर्माणका काम सुस्त, आयोजनाको जग्गा अधिग्रहण र प्राप्तिको काम अझै टुङ्गिन बाँकी ।
१२. समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको स्पष्ट पार्दै सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको नेपाल राष्ट्र बैंकको स्पष्टोक्ती । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको भन्दै बैंकिङ जस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलाग्न आग्रह ।
१३.सहकारी ठगीको उजुरीका आधारमा कान्तिपुर सहकारीका अध्यक्ष हिमालयबिक्रम मल्ल ठकुरी प्रहरीद्वारा पक्राउ । काठमाडौँ जिल्ला अदालतले उनीसहित ६ जनाविरुद्व जारी गरेको पक्राउ पूर्जीका आधारमा ठकुरीलाई पक्राउ गरिएको र अन्यको खोजी भैरहेको प्रहरीद्वारा जानकारी ।
१४. पूर्वपश्चिम पैदल यात्रा गरी निर्णायक आन्दोलनका लागि भन्दै देशभरका मिटरब्याजी पीडितहरू काठमाडौंमा । फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायत माग प्रस्तुत, आन्दोलन सफल नभएसम्म थातथलो नफर्किने अडान ।
१५. १.७६ अंकले नेप्से बढेको दिन सेयर बजारमा अधिकांश कम्पनीको मूल्यमा गिरावट । ३ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको बजारमा ९० कम्पनीको मूल्य बढ्दा १५० कम्पनिको मूल्य घट्यो, १३ मध्ये ५ वटा उपसमूहका सूचक मात्रै सकारात्मक ।
१६. पेरिस सेन्ट जर्मेनका स्टार मिडफिल्डर केलियन एमबाप्पे स्पेनिस क्लब रियल मड्रिड जाने पक्का । एमबाप्पेलाई भित्र्याउनका लागि म्यानचेस्टर सिटीले धेरै प्रयास गरे पनि रियलले राम्रो पैसा अफर गरेपछि एमबाप्पेले आगामी ५ वर्षका लागि रियलसँग सम्झौता गरेको युरो स्पोर्टसद्वारा खुलासा ।