नेपाल फेरि नामिबियासँग पराजित, चार नेपाली ब्याटरले खोल्न सकेनन् खाता-Sutra News

नेपाल फेरि नामिबियासँग पराजित, चार नेपाली ब्याटरले खोल्न सकेनन् खाता

बुधबार, ९ फाल्गुन २०८०

बुधबार, ९ फाल्गुन २०८०

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न खेलमा नामिबिया दुई विकेटले विजयी हुँदा नेपाल पराजित भएको हो ।



नेपाल दिएको १६९ रनको सामान्य लक्ष्य नामिबियाले आठ विकेट गुमाएर ४० ओभरमा भेट्टाएको हो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ३७.१ ओभरमा अलआउट भएको थियो ।

नेपालका लागि आशिफ शेखले ६४ बल खेल्दै आठ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ५८ रन बनाए । कुशल मल्ल ३८, भीम सार्की २६, कुशल भुर्तेल १८, करण केसीले १२ रन बनाए । कप्तान रोहित पौडेल, अनिल साह, देव खनाल र ललित राजवंशीले खाता खोल्न सकेनन् ।

नेपाललाई सस्तैमा समेट्न नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि इटनले चार-चार विकेट लिए । ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एक-एक विकेट लिए । यसअघि नामिबियासँग भएको खेलमा नेपाल चार विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट