लगातार ओरालोमा शेयर बजार, तीन दिनमा ३५ अंकको गिरावट-Sutra News

लगातार ओरालोमा शेयर बजार, तीन दिनमा ३५ अंकको गिरावट

बुधबार, ९ फाल्गुन २०८०

बुधबार, ९ फाल्गुन २०८०

काठमाडौं । केही दिनदेखि नै शेयर बजार लगातार ओरालोमा छ । साताको तेस्रो कारोबार दिन बुधबार पनि बजार एकल अंकले घटेको छ । बुधबार ६.४६ अंकले घट्दै बजार २०२६.५९ अंकमा झरेको छ ।



कारोबारमा आएका २४८ कम्पनीमध्ये यस दिन १५९ कम्पनीको मूल्यमा गिरावट आयो । ८० कम्पनीको मूल्यमा बृद्धि हुँदा नौ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

नेप्सेको उत्पादन तथा प्रशोधन उपसमूहबाहेक आज सबै उपसमूह राताम्मे बने । यद्यपि, कुनै पनि उपसमूहमा एक प्रतिशतमुनिकै गिरावट देखियो ।

बजार घटेको भएपनि तीन कम्पनी बोटलर्स नेपाल, हिमालयन उर्जा विकास र समाज लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल तराईको पनि मूल्य ९.९९ प्रतिशतले बृद्धि भएको छ ।

घट्यो कारोबार रकम

बजार घट्दा कारोबार रकम पनि क्रमशः घट्न थालेको छ । सरदर चार अर्ब हाराहारी कारोबार भइरहेको बजारमा पछिल्लो समय कारोबार रकम दुई अर्बमा सीमित हुन थालेको छ ।

आइतबार तीन अर्बमाथिको कारोबार भएको बजारमा मंगलबार दुई अर्ब ९१ करोड रुपैयाँको भएको थियो । तर, बुधबार कारोबार रकम दुई अर्ब २१ करोडमा सीमित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट