दुई दिनदेखि हेलिकप्टर सम्पर्कविहीन-Sutra News

दुई दिनदेखि हेलिकप्टर सम्पर्कविहीन

बुधबार, ९ फाल्गुन २०८०

बुधबार, ९ फाल्गुन २०८०

काठमाडौं । इन्डोनेसियाको पूर्वी प्रान्त उत्तरी मालुकुमा मंगलबार तीन यात्रु बोकेको हेलिकप्टर सम्पर्कविहीन भएको प्रान्तीय खोज तथा उद्धार कर्यालयका प्रमुख फतुर रहमानले बताएको छ । बुधबारसम्म खोजी तथा उद्धार कार्य जारी रहेको समाचारमा जनाइएको छ ।



स्थानीय समयानुसार दिउँसो १ः१६ बजे हेलिकप्टर एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्कविच्छेद भएको थियो । स्थानीय समयानुसार हेलिकप्टर हलमहेरा तेङ्गाह जिल्लामा जंगलमाथि उडिरहेको थियो ।

रहमानका अनुसार पिटी वेडा बे निकेल फर्मद्वारा सञ्चालित हेलिकप्टरमा तीन यात्रु सवार थिए । तिनमा दुई पाइलट र एक यात्रु थिए । कार्यालयका तीन सय कर्मचारी, सैनिक र प्रहरीको संयुक्त उद्धार टोली हेलिकप्टरको एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्कविहीन भएको क्षेत्रमा गइरहेको रहमानले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट