काठमाडौं । नेपाल भ्रमणमा रहेको ेक्यानडा ११ र नेपाल ‘ए’ टोलीबीच आज उपाधिका लागि भिड्ने भएको छ । एक दिवसीय शृङ्खलाको तेस्रो खेल बिहीबार दुई टोलीबीच उपाधिका लागि मैदानमा उत्रिने भएको हो ।
यसअघि दुवै टोली एक एक खेलमा विजयी भएको थियो । दोस्रो खेलमा नेपाल विजयी हुँदा पहिलो खेलमा चार विकेटले पराजित भएको थियो ।
मूलपानी क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ९ः३० बजेदेखि सुरू हुने भएको छ । शृङ्खला १-१ को बराबरी अवस्थामा रहेको छ ।