भ्रष्टाचारको मुद्दामा मन्त्रीहरू झण्डा हल्लाएर अख्तियारमा बयान दिन गए : एमाले-Sutra News

भ्रष्टाचारको मुद्दामा मन्त्रीहरू झण्डा हल्लाएर अख्तियारमा बयान दिन गए : एमाले

बिहिबार, १० फाल्गुन २०८०

बिहिबार, १० फाल्गुन २०८०
samsad फाइल तस्बिर

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले विभिन्न प्रकरणमा मुछिएका तीन मन्त्रीको राजीनामा मागेको छ ।



बिहीबार प्रतिनिधिसभा बैठकमा एमाले सांसदले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले एमाले सांसद रघुजी पन्तलाई बोल्न समय दिएका थिए ।

पन्तले बालकुमारी घटनाका दोषी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा मुछिएका स्वास्थ्य मन्त्री मोहन बस्नेत र रामग्राम लिज प्रकरणमा पर्यटन मन्त्री सुदन किरातीको राजीनामा मागेका थिए ।

विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरूलाई साथमा लिएर प्रधानमन्त्रीले सुशासनको कुरा गर्न नसुहाउने उनको भनाइ थियो । उनले बालकुमारी घटना हुनासाथ मन्त्री ज्वालाले नैतिकताका हिसाबले राजीनामा दिनु पर्ने बताए ।

सांसद पन्तले भ्रष्टाचारको मुद्दामा पर्नासाथ यसअघिका मन्त्रीहरूले राजीनामा दिए पनि अहिले मन्त्री झण्डा हल्लाएर अख्तियारमा बयान दिन गएको तर्क गरे ।

लुम्बिनी विकास कोषका ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्त गरेर अवैधानिक काम गर्न दिएको र त्यसमा पर्यटन मन्त्री किरातीको संलग्नता रहेको भन्दै उनले विरोध गरे । उनले एमालेका मागका विषयमा व्यवहारमा लागू नभए एमाले चुप नबस्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट