काठमाडौं । नेपाली कांग्रेस सांसद चन्द्र भण्डारीले देशको संविधान उत्कृष्ट बनाए पनि देशको अर्थतन्त्रले धान्न नसकेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भण्डारीले प्रदेशदेखि केन्द्रसम्म आवश्यक मन्त्रीहरू आवश्यक नभएको बताए ।
‘हामीले उत्कृष्ट संविधान बनाएको छौँ, संविधान राम्रा बनाएपछि हाम्रो अर्थतन्त्रले धान्न सकेन, हामी यतिधेरै सांसद्, प्रदेश र प्रदेशसभा सदस्य, यतिधेरै मन्त्रीहरु प्रदेशदेखि केन्द्रसम्म आवश्यक थियो ?,’ उनले भने, ‘के सरकारको काम ठेक्कापट्टा लगाउने मात्रै हो ? आफ्नो स्वार्थ मात्रै हो ?’
उनले ३६ हजार जनप्रतिनिधि र एक लाख कर्मचारी भए पनि जनताको पक्षमा काम गर्न नसकेको दाबी गरे ।