काठमाडाैं । प्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेला–२०८०’ मा ३० हजारभन्दा बढीले अवलोकन गरेको आयोजकको भनाइ छ।
नेपाली जुत्ताचप्पल उद्यमी समूहको आयोजनामा गत माघ १८ गतेदेखि सुरु भएको जुत्ताचप्पल व्यापार मेलामा फागुन ८ गतेसम्म ३० हजारभन्दा बढी ग्राहकले अवलोकन गरेको नेपाल जुत्ताचप्पल उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष एवम् जुत्ताचप्पल उद्यमी सुरज बन्जाडेले जानकारी दिए ।
मेला आयोजक सविन कार्कीले उद्योगी र उपभोक्ताहरु बिच सिधै जुत्ताचप्पल खरिद बिक्री भएको हुँदा उपभोक्ताले कम मुल्यमा गुणस्तरिय पाएको बताए । उनले भने, ‘हामीले डिलर,डिष्ट्रिब्युटर र पसललाइ दिने कमीसन सबै उपभोत्तालाइ दिएका छौ, आम उपभोत्ताहरुले मौकाको फाईदा उठाउन आह्वान गर्दछौं।’
नेपाल जुत्ताचप्पल उत्पादक संघका अध्यक्ष रुद्रप्रसाद न्यौपानेले नेपाली उत्पादनलाई उपभोक्तासम्म पुर्याउने उदेश्यले चावहिलमा पहिलोपटक जुत्ताचप्पल मेला आयोजना गरिएको बताए ।
मेलाको शुरुमा भन्दा अहिले उपभोक्ताहरुको भिड बढ्दै गैरहेको मेला संयोजक दिवकर गिरीले बताए । जुत्ताचप्पल मेलामा नेपालका १४ उद्योगका ३० भन्दा धेरै ब्राण्ड र तीन हजारभन्दा धेरै डिजाईन राखिएको छ ।
उक्त मेलामा हाइलाइफ, शु ल्याण्ड, बेली, बोश शुज, आइडल, भेनस, शिल्स, हिमानी, वन वल्र्ड, कोशेली, रनशुज, शिखर शुज, पिजी शुज र ब्याम्बो शुज राखिएका छन् ।
फागुन १८ गतेसम्म चल्ने मेलामा रु तीन करोड बराबरको जुत्ताचप्पल विक्रि हुने लक्ष्य राखिएको छ । मेलामा १५ देखि ६० प्रतिशतसम्म छुट दिएको आयोजकले जनाएको छ ।