सांसदको संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित-Sutra News

सांसदको संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

बिहिबार, १० फाल्गुन २०८०

बिहिबार, १० फाल्गुन २०८०

काठमाडौं । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूको गण पूरक नभएपछि स्थगित भएको छ । गणपूरक नभएपछि राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत हुन सकेन ।



गृहमन्त्री नारायणकाजी श्रेष्ठको तर्फबाट रोष्टममा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गरिरहँदा एमाले सचेतक महेश बर्तौलाले संसदमा गणपूरक संख्या यकिन गर्न आग्रह गरेका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको १ चौथाइ सदस्य उपस्थित हुनु पर्ने बताउँदै ३ मिनेट जनाउ घण्टी बजाई सङ्ख्या यकिन निर्देशन दिए ।

गणपूरक संख्या पुग्न एक चौथाइ अर्थात ६९ जना सांसद हुनु पर्नेमा ६५ जना मात्र उपस्थित भएपछि सभामुख घिमिरेले शुक्रबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट