काठमाडौं । एक दिवसीय शृङ्खलाको तेस्रो खेल बिहीबार नेपालले क्यानडा ११ को चार विकेट लिएकोछ । नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको क्यानडाले चार विकेट गुमाएको हो ।
नेपालका लागि सहाब आलमले तीन विकेट लिएका छन् । क्यानडाले ५१ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो ।
यसअघि नेपालका लागि ओपनर ब्याट्सम्यान आशुतोष घिरैया र अर्जुन कुमालले साझेदारी गरी ५४ रन बनाएका थिए । आशुतोषले २८ रन बनाउँदा अर्जुनले २७ रन बनाए ।
कप्तान सन्दीप जोरा २४ रन बनाउँदै पेभेलियन फर्किंए । चौथोँ नम्बरमा क्रिज समाल्न आएका उनले २८ बलको सामना गरी एक छक्का र तीन चौका प्रहार गरे । तेस्रो नम्बरका ब्याट्सम्यान शेर मल्ल खाता खोल्न सकेनन् ।
रासिद खानले टोलीको खातामा १९ रन थपे । उनले २५ बलमा एक चौका प्रहार गरे । सुजन थपलियाले ५१ बलमा एक चौकको मद्दतले २० रन बटुले । बसिर अहमदले पनि २५ रन बनाए । बसिरले ४० बलमा तीन चौका पनि प्रहार गरे ।
यसअघि दुवै टोली एक-एक खेलमा विजयी भएको थियो । दोस्रो खेलमा नेपाल दुई विकेटले विजयी हुँदा पहिलो खेलमा चार विकेटले पराजित भएको थियो ।