काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले एक कार्यक्रमका बीच ‘विदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’ योजनाको उपहार हस्तान्तरण गरेको छ । साउदी अरबबाट रेमिट्यान्स पठाउने राजु तामाङले पाँच लाख तीस हजार सात सय पचास रुपैयाँ जितेका छन् भने कोरियाबाट रेमिट्यान्स पठाउने सुवास लिम्बुले एक लाख रुपैयाँ जितेका छन् ।
उपहार हस्तान्तरण कार्यक्रममा सिटीको साझेदार साउदीस्थित टेलिमनी बैंकका फाहाद अब्दुल्लाह अल्जोवैद, नेपाली चर्चित हाँस्य कलाकार साथै कम्पनीका ब्राण्ड एम्बेसडर जितु नेपाललगायतको उपस्थिति थियो ।
कम्पनीले गत असोज १५ देखि मंसिर १५ गतेसम्म दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै योजना सञ्चालन गरेको थियो । सोही योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना एक जनालाई जनही एक लाख रुपैयाँ, हरेक हप्ता पाँच जनालाई जनही २५ हजार रुपैयाँ र ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई जनही पाँच सयको दरले वालेट टपअप वितरण गरेको थियो ।
सोही योजनाअन्तर्गत एक जना भाग्यशाली विजेतालाई १० गुणा रकम दिएको हो ।
कम्पनीले जनाएअनुसार उपहार योजनामा छ हजार एक सय जनाले पाँच सय रुपैयाँको वालेट टप् अप, ४५ जनाले साप्ताहिक उपहार अन्तर्गत २५ हजार रुपैयाँ र दुई जनाले मासिक उपहार अन्तर्गत एक लाख रुपैयाँ जितेका छन् ।
सिटी एक्सप्रेसले विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै कम्पनीले पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।