शरणार्थी शिविरमा आक्रमण हुँदा १७ जनाको मृत्यु-Sutra News

शरणार्थी शिविरमा आक्रमण हुँदा १७ जनाको मृत्यु

बिहिबार, १० फाल्गुन २०८०

बिहिबार, १० फाल्गुन २०८०

काठमाडौं । मध्य गाजापट्टीको नुसिरात शरणार्थी शिरिमा एक घरमा इजराइलले पुनः गरेको हवाई आक्रमणमा कम्तीमा १७ प्यालेस्टिनी मारिएका छन् । घटनामा ३४ जना घाइते भएको स्थानीय चिकित्सा स्रोतले बताएको छ ।



स्रोतले उद्धार प्रयास जारी रहेको र हताहत हुनेमा महिला र बालबालिका रहेको बताएको छ । पीडितहरूलाई देइर अल बलाह सहरको अल अक्सा शहिद अस्पतालमा सारिएको छ ।

प्रत्यक्षदर्शीले एक इजराइली युद्धक विमानले धेरै विस्थापित परिवारलाई आश्रय दिइरहेको घरमा अनेकौँ मिसाइल प्रहार गरेको बताएका छन् । ठूलो विस्फोटबाट भवन ध्वस्त भएको र शिविरको पश्चिमी भागमा छिमेकीको घरमा गम्भीर क्षति पुगेको छ ।

यसैबीच हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै गाजापट्टीमा इजराइली आक्रमणमा मर्ने प्यालेस्टिनीको संख्या बढेर २९ हजार ३१३ पुगेको र ६९ हजार ३३३ जना घाइते भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट