भ्रष्टाचारको अभियोगमा तत्कालीन प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा दायर-Sutra News

भ्रष्टाचारको अभियोगमा तत्कालीन प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा दायर

बिहिबार, १० फाल्गुन २०८०

बिहिबार, १० फाल्गुन २०८०

काठमाडौं । हुम्लाकाे चङ्खेली गाउँपालिका ३ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माणमा अनियमितता गरेको भन्दै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाहीसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ ।



अख्तियार अनुसन्धान दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार तत्कालीन अधिकृत शाहीसहित इञ्जिनियर रुद्र बहादुर वली, असिस्टेन्ट सब इञ्जिनियर हर्कधन बुढाविरुद्ध मुद्दा दायर भएको हो ।

उनीहरूले गाउँपालिकाकाे वडा नं. ३ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माणमा भ्रष्टाचार गरेको आरोपमा ११ लाख ९४ हजार ४२६ रुपैयाँ बिगो माग दाबी गरिएको छ । योसँगै उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना दाबी गरिएको छ ।

यस्तै, तत्कालीन उपभोक्ता समितिका अध्यक्ष गोर्ख बुढा, सचिव मान बहादुर ऐडी र कोषाध्यक्ष डल्ली बुढाविरुद्ध पनि मुद्दा दायर गरिएको छ । उनीहरूविरूद्ध ११ लाख ९४ हजार ४२६ रुपैयाँ बिगो र कैद तथा जरिवाना माग दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट