दोहोरो अंकले घट्दै बन्द भयो शेयर बजार-Sutra News

दोहोरो अंकले घट्दै बन्द भयो शेयर बजार

बिहिबार, १० फाल्गुन २०८०

बिहिबार, १० फाल्गुन २०८०

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । लगातारको गिरावटका बीच अन्तिम कारोबार दिन बिहीबार २३.५६ अंकले घट्दै बजार २००३.०३ को बिन्दुमा झरेको हो ।



समग्रमा यस दिन १.१६ प्रतिशतले बजार घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन सर्वाधिक जलविद्युत क्षेत्रका लगानीकर्ताले घाटा व्यहोरेका छन् । जलविद्युत क्षेत्रमा झण्डै २ प्रतिशतले गिरावट आएको छ ।

यस दिन कारोबारमा आएका २४८ कम्पनीमध्ये १९७ कम्पनीको मूल्यमा गिरावट आयो । यस दिन हिमालयन उर्जा, बाराही हाइड्रो, पिपुल्स हाइड्रोलगायतको मूल्यमा उच्च गिरावट आएको छ ।

अघिल्लो दिनको तुलनामा यस दिन कारोबार रकम भने केहीले बृद्धि भएको छ । ९५ लाख १८ हजार कित्ता शेयर किनबेच हुँदा कारोबार रकम तीन अर्ब २० करोड ६१ लाख रुपैयाँको भयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट