पुलमा जहाज ठोक्किँदा दुई जनाको मृत्यु, तीन जना बेपत्ता-Sutra News

पुलमा जहाज ठोक्किँदा दुई जनाको मृत्यु, तीन जना बेपत्ता

बिहिबार, १० फाल्गुन २०८०

बिहिबार, १० फाल्गुन २०८०

काठमाडौं । दक्षिण चीनको गुआङडोङ प्रान्तको गुआङझोउमा बिहीबार बिहान एक जहाज पुलसँग ठोक्किएर पुल भत्किँदा दुई जनाको मृत्यु भएको छ । घटनामा तीन जना बेपत्ता भएका छन् ।



स्थानीय समयानुसार बिहान करिब साढे पाँच बजे एउटा कन्टेनर जहान नान्सा जिल्लाको लिक्सिनसा पुलको घाटसँग ठोक्किएको थियो । दुर्घटनामा एउटा मोटरसाइकिलसहित पाँच सवारी प्रभावित भएका थिए । तीमध्ये दुई नदीमा र अर्को जहाजमा खसेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

दुर्घटनामा चालक दलका एक सदस्य सामान्य घाइते भएका छन् । उद्धार प्रयास जारी छ र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट