‘रुमानी रङ्ग’मा धिरज र साम्राज्ञीको जोडी, आर्यन किन बाहिरिए ?-Sutra News

‘रुमानी रङ्ग’मा धिरज र साम्राज्ञीको जोडी, आर्यन किन बाहिरिए ?

बिहिबार, १० फाल्गुन २०८०

बिहिबार, १० फाल्गुन २०८०

काठमाडौं । फिल्म ‘रुमानी रङ्ग’मा नायिका साम्राज्ञी आरएल शाह र नायक धिरज मगर जोडी बाँधिने भएका छन् ।



अनिल योञ्जनको निर्देशनमा तयार हुन लागेको यो फिल्मको सुरुवातमा आर्यन अधिकारी र साम्राज्ञी फाइनल भएका थिए । निर्माणपक्षले आर्यन र साम्राज्ञीले जोडी बाँध्न लागेको घोषणा पनि गरेको थियो । तर, अब यो फिल्ममा आर्यन नहुने पक्का भएको छ ।

निर्माणपक्षले आर्यन नहुने बारे कुनै कुरा खुलाउन चाहाएको छैन । आर्यन बाहिरिएसँगै फिल्ममा नायक धिरज मगरको प्रवेश भएको हो ।

फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ पहिलो पटक जोडीका रूपमा देखिएका साम्राज्ञी र धिरज फेरि एकसाथ ‘रुमानी रङ्ग’मा दोस्रो पटक जोडीका रूपमा देखिन लागेका हुन् ।

‘इन्टु मिन्टु लण्डनमा’ एकसाथ काम गरेपछि यो जोडीको सर्वाधिक चर्चा भएको थियो । तर, फिल्म रिलिज भइसक्दा यी दुईको सम्बन्धमा दरार आएको र यी दुईले एकसाथ काम गर्न सकेका थिएनन् । दर्शकको सर्वाधिक डिमाण्डमा रहेका साम्राज्ञी र धिरज एकसाथ फिल्ममा देखिन लागेका हुन् ।

फिल्ममा हरि मल्ल ठकुरी कार्यकारी निर्माता, सुशिल थापा, सृजना बस्नेत, सन्तोष सरु र विजय अधिकारी सह–निर्माताको रूपमा छन् । फिल्ममा महेश पौडेलको छायांकन रहने छ । फिल्ममा हरि मल्ल स्वयंको कथा र निर्देशक योञ्जनको पटकथा तथा संवाद छ । ग्लोबल मिडिया रिसर्च सेन्टर प्रालिको ब्यानरमा तयार हुन लागेको यो फिल्मको निर्माणमा आविष्कार बहुसन्चार प्रा.लिले सहकार्य गरेको छ ।

रोमान्टिक र कमेडी कथावस्तुमा बन्न लागेको ‘रुमानी रङ्ग’को छायांकन आगामी चैतबाट सुरु हुने जनाइएको छ । फिल्मको सम्पूर्ण छायांकन अष्ट्रेलियामा गरिने निर्माण पक्षले बताएको छ । ‘रुमानी’को शाब्दिक अर्थ सुन्दर र मनमोहक हुन्छ । यो शब्दले खासमा महिलालाई प्रतिनिधित्व गर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट