काठमाडौं जिल्ला अदालतको फैसला बदरको मागसहित उच्च पुगे सन्दीप लामिछाने-Sutra News

काठमाडौं जिल्ला अदालतको फैसला बदरको मागसहित उच्च पुगे सन्दीप लामिछाने

बिहिबार, १० फाल्गुन २०८०

बिहिबार, १० फाल्गुन २०८०

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने उच्च अदालत पाटन पुगेका छन् । बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला बदर गर्न मागसहित उनले उच्च अदालतमा पुनरावेदन दिएका छन् ।



बिहीबार कानून व्यवसायीका साथ सन्दीप आफैँ उच्च अदालत पुगेका हुन् । उनका कानून व्यवसायी तथा अधिवक्ता सरोजकृष्ण घिमिरेका अनुसार लामिछानेले काठमाडौं जिल्ला अदालतको फैसला बदर गर्ने माग राख्दै उच्च अदालतमा पुनरावेदन दिएका हुन् ।

काठमाडौं जिल्ला अदालतले लामिछानेलाई बलात्कार मुद्दामा ८ वर्ष जेल सजायको फैसला गरेको थियो । यस्तै, जरिवाना र क्षतिर्पूिर्तका रुपमा पाँच लाख रुपैयाँ भरपाई गर्न माग गरेको छ ।

क्रिकेटर लामिछानेले गौशाला २६ लाई बलात्कार गरेको भन्दै उजुरी परेपछि लामो समय बहस गरेपछि काठमाडौं जिल्ला अदालतले सजाय फैसला तोकेको थियो ।

मोदीको समेत मन जितेका सन्दीपको ओरालो यात्रा !

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट