काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । विभिन्न प्रकरणमा संलग्न मन्त्रीहरूको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले सदनमा उठेर विरोध जनाएका थिए ।
उनीहरूले बालकुमारी घटनामा मुछिएका मन्त्री प्रकाश ज्वालासहित अन्य दुई मन्त्रीको राजीनामाको विषयमा सरकारको जवाफ माग गर्दै विरोध जनाएका थिए । यस क्रममा सभामुख देवराज घिमिरेले सहज रुपमा बैठक सञ्चालन गर्न आग्रह गरेका थिए ।
यसबीच प्रतिपक्षी दलका सांसदहरूले निरन्तर विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।