राजामौलीले किन लगाए महेश बाबुलाई प्रतिबन्ध ?-Sutra News

राजामौलीले किन लगाए महेश बाबुलाई प्रतिबन्ध ?

शुक्रबार, ११ फाल्गुन २०८०

शुक्रबार, ११ फाल्गुन २०८०

‘आरआरआर र बाहुबली’ जस्ता फिल्म बनाएका निर्देशक एसएस राजामौलीले आफ्नो अर्को फिल्मको तयारी सुरु गरेका छन् ।



फिल्मको शीर्षक अहिलेसम्म तय भइसकेको छैन । यसको नामलाई लिएर पनि मिडियामा धेरै समाचार आइरहेका छन् । तर, राजामौलीले पनि फिल्मको बारेमा आधिकारिक रूपमा अहिलेसम्म मिडियामा जानकारी दिइएका छैनन् । खबरलाई पत्याउने हो भने ‘एसएसएमबी २९’ बनाउने बुझिएको छ । यसको लागत १००० करोड भारु रहनेछ ।

राजामौली महँगा बजेटका फिल्म बनाउने निर्देशक हुन् । यो फिल्म भारतको अहिलेसम्मकै महँगो फिल्म हुने बताइएको छ । जसका लागि राजामौलीले आगामी फिल्मको छायांकन भव्य रूपमा गर्ने र सेटदेखि कथासम्म सबै हिसाबले भव्य बनाउने तयारी गरिरहेका छन् ।

उसो त, राजामौलीका हरेक फिल्महरू कथा देखि सेटसम्म बिलकुलै फरक हुन्छन् । जसका कारण उनका फिल्मका कलाकारहरूको लुक्स पनि बिलकुलै फरक हुने गरेको छ । अब राजामौलीले अभिनेता सुपरस्टार महेश बाबुलाई लिएर यो फिल्म बनाउन लागिरहेका छन् । तर, आफ्नो फिल्मसँग सम्बन्धित कुनै पनि कुरा मिडियामा नआओस् भन्ने सुनिश्चितताका लागि राजामौलीले आफ्नो फिल्मका कलाकार रहेका महेश बाबुमाथि समेत प्रतिबन्ध लगाएका छन् ।

सोही कारण राजामौलीको यस फिल्मलाई लिएर रोचक वातावरण बनिरहेको छ ।

भारतीय मिडियाका अनुसार निर्देशक राजामौलीले महेश बाबुलाई दर्शक र मिडियाको नजरबाट टाढा रहन भनेका छन्। जसका कारण महेश बाबु दर्शक र मिडियाबाट अब केही समय टाढा रहने छन् ।

फिल्ममा ‘गुन्टुर करम’ फेम अभिनेता महेश बाबु एकदमै फरक देखिने लगभग पक्का भएको छ । जसका कारण यो निर्णय गरिएको हो । यो लुकका लागि महेश बाबुले निकै मेहनत गरेको बताइएको छ । यसरी महेश बाबुका फ्यानले आफ्नो मनपर्ने कलाकारलाई केही दिन हेर्न पाउने छैनन् ।

महेश बाबुको बारेमा भनिएको छ, ‘उनलाई हलिउड ट्रेनर मार्फत नयाँ लुकको लागि तयार गरिदैँछ । जसका कारण एसएस राजामौलीको फिल्ममा महेशबाबु यस्तो क्यारेक्टर र लुक्समा देखिने छन्, जुन पहिले कहिल्यै कसैले देखेको थिएन । राजामौलीको यो फिल्म एडभेन्चर थ्रिलर रहेको बताइएको छ ।’

एसएस राजामौली एक निर्देशक हुन् जो लार्जर द लाइफ स्टोरीहरू भन्नका लागि परिचित छन्। चाहे त्यो उनको फिल्म बाहुबली होस् वा आरआरआर। यी फिल्मको लुक्स बिलकुलै फरक थियो । कथाहरू सुनाउने शैली पनि दुर्लभ छ । बाहुबली फिल्मले प्रभासको करियरको अवस्था र दिशा बदलिदिएको थियो ।

प्रभासले आफ्नो करियरको पाँच वर्ष बाहुबलीका लागि दिएका थिए । यसबाट राजामौलीको निर्देशन र उनले कुन स्तरको काम गर्छन् भन्ने कुरा बुझ्न सकिन्छ । यति मात्र होइन, राजामौलीले यसअघि ’मक्खी’ जस्ता फिल्म पनि बनाएका छन् । यस्तो अवस्थामा उनको नयाँ फिल्मबाट फ्यानहरूले ठूलो अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट