काठमाडौं । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेशसभाको १३ औँ अधिवेशन आह्वान गरेका छन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बागमती मन्त्रिपरिषदबाट सिफारिस भई आएअनुसार प्रदेशसभाको अधिवेशन बैठक बस्ने भएको हो ।
प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलका अनुसार बैठक फागुन १५ गते अपराह्न ३ बजे बस्ने भएको छ ।