काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले सत्ता गठबन्धन बेकार भएको बताएका छन् । एक अन्तर्वार्तामा उनले सत्ता गठबन्धनमा जनतालाई के दिने ? भन्नेबारे कहिले छलफल नहुने भन्दै बेकार भएको बताएका हुन् ।
महामन्त्री थापाले गठबन्धनमा हुनु पर्ने कुनै पनि संस्कृति नभएको सत्तामा भएका दल र नेताहरूसँग नभएको बताए । ‘गठबन्धनका लागि चाहिने कल्चर (संस्कृति) हामीसँग छैन्, जस्तो प्रधानमन्त्री जी, सभापति जी र तीन-चार जना नेताहरू बसेर कुराकानी गर्यो, सकियो, त्यही नै हो गठबन्धन ?,’ उनले भने, ‘खै त दलहरूको कहिले भेट हुन्छ ?’
यस्तै, उनले सत्ता गठबन्धनमा भएका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी, समाजवादीसहितको दलहरू बसेर एक वर्षका लागि सरकारको समीक्षा गर्नु पर्ने बताए । उनले दुई-चार जना नेताहरू बसेर गठबन्धन गरिरहेका आरोप लगाए ।
महामन्त्री थापाले आफू पनि सत्ता गठबन्धनको बैठकमा केही समय गएको भन्दै देशमा तत्काल आइपरेको समस्या र भागबण्डामा मात्रै छलफल हुने दाबी गरे ।
‘सरकारमा हुने पदीय व्यवस्थापन र विभिन्न नियुक्तिहरूको बाँडफाँडमा सत्ता गठबन्धनको छलफल हुन्छ, त्यो बाँडफाँड समिति हो,’ उनले थपे, ‘त्यो गठबन्धनको बैठक होइन, बाँडफाँड समितिको बैठक हो, जहाँ बाँडफाँडभन्दा केही पनि हुँदैन् ।’
यस्तै, उनले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको चयनमा प्रधानमन्त्रीको नियतमा नै खोट रहेको बताए । ‘हाम्रै दलभित्र हामीले भाग माग्न पाउँदैनौँ, प्रधानमन्त्रीलाई स्वतन्त्र रुपमा काम दिनुपर्छ भनौँ, तर नियतमै खोट रैछ क्या,’ उनले थपे, ‘प्रधानमन्त्रीलाई बधाई, नेपालका यी शीर्ष नेताहरूले मौका पाउनासाथ लेक्चर दिइहाल्ने, तर गर्नेबेला ठ्याक्क उल्टो काम गर्ने त्यो काम प्रधानमन्त्रीले गर्नु भयो, उहाँलाई बधाई ।’
उनले त्रिविको उपकुलपतिमा प्रधानमन्त्रीले स्वतन्त्रबाट बनाउन सक्ने बाटोमा रहेको बताउँदै नियतमा नै खोट भएको बताए ।