काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार शुक्रबारको तुलनामा साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य बढेको हो । महासंघका अनुसार शुक्रबारको तुलनामा यस दिन सुन मूल्य तोलामा पाँच सयको दरले बढेको छ ।
महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला एक लाख १७ हजार नौ सय पचास रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्य करिब गएको साता स्थिर थियो । गत साता समग्रमा मूल्य आठ सय रुपैयाँले घटबढ भएको थियो ।
सुनको मूल्य बढेसँगै आइतबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार शुक्रबारको तुलनामा प्रतितोला पाँच रुपैयाँले बढ्दै चाँदीको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य गत साता भने समग्रमा घटेको थियो ।