कठिन मोडमा कुशल भुर्तेलले बनाए अर्धशतक-Sutra News

कठिन मोडमा कुशल भुर्तेलले बनाए अर्धशतक

आइतबार, १३ फाल्गुन २०८०

आइतबार, १३ फाल्गुन २०८०

काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेलले नेदरल्याण्ड्सविरुद्ध अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ को खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध संर्घष गरिरहेको छ ।



टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निकै खराब ब्याटिङ गरिरहेको छ । पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ४२ रनको साझेदारी गरे । त्यसपछि नेपाली टोलीको विकेट पतन भइरहेको छ ।

कठिन अवस्थामा रहेको नेपाली टोलीका ओपनर क्रिजमा टिकेर खेलेका भुर्तेलले ३१ औं ओभरको अन्तिम बलमा एक रन लिँदै अर्धशतक बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट