नेपालले नेदरल्याण्ड्सलाई दियो १७३ रनको लक्ष्य-Sutra News

नेपालले नेदरल्याण्ड्सलाई दियो १७३ रनको लक्ष्य

आइतबार, १३ फाल्गुन २०८०

आइतबार, १३ फाल्गुन २०८०

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १७२ रनमा अलआउट हुँदा १७२ रन बनाएको हो ।



नेपालका लागि ओपन कुशल भुर्तेलले अर्धशतकीय पारी खेल्दै ६६ रन बनाए । ९३ बलको सामना गरेका उनले आठ चौका प्रहार गरे । अर्का ओपनर आफिस शेख एक छक्का र दुई चौकासहित १७ रन बनाए आउट भए ।

कप्तान रोहित पौडेलले १६ रन बनाउँदा आरिफ शेखले २२ रन बनाए । अनिल शाह ७, कुशल मल्ल २, गुल्सन झा ५ रन बनाउँदा पेभिलियन फर्किएका थिए ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा दुई खेलाडी परिवर्तन भएका थिए । देव खनाल र सोमपाल कामीलाई बेन्चमा राखिँदा गुलसन झा र आरिफ शेखलाई समेटिएका थिए ।

यसअघि भएको खेलमा नेपालसँग नेदरल्याण्ड्स नौ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट