काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने धातुसहित भारतीय महिला पक्राउ परेकी छन् । भारतीय नागरिक ३७ वर्षीया तशलिम सुलताना बुस्रा पक्राउ परेकी हुन् ।
सुन जस्तो देखिने पहेँलो रङको वस्तुले लेपन गरिएको करिब सात सय ग्राम र शंकास्पद धुलो रहेको कफीको ३ वटा प्याकेटमा रहेको ७४० ग्राम गरी जम्मा एक किलो ४४० ग्रामसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नेपाल एयरलाइन्सको उडानमार्फत दुबईबाट नेपाल आइपुगेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा उक्त सामान बरामद भएको हो । उनलाई आवश्यक अनुसन्धानका लागि भन्सार कार्यालय गौचरमा पठाइएको छ ।