आगामी वैशाख १५ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय-Sutra News

आगामी वैशाख १५ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय

आइतबार, १३ फाल्गुन २०८०

आइतबार, १३ फाल्गुन २०८०

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन आगामी वैशाख १५ गते गर्ने निर्णय गरेको छ ।



आइतबार बसेको आयोगको बैठकले सरकारसँगको परामर्शमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन विं.सं. २०८१ वैशाख १५ गते गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगका सहायक प्रवक्ता डा. थानेश्वर भुसालका अनुसार इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र २ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम बझाङ जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा मिति वैशाख १५ गते शनिबारका उपनिर्वाचन हुने भएको हो ।

इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ्ग र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि रिक्त भएको थियो ।

कुनै सदस्यको स्थान, प्रतिनिधिसभा वा प्रदेशसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहँदै रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो, त्यसै प्रक्रियाबाट पूर्ति गरिने संवैधानिक व्यवस्था भएबमोजिम उपनिर्वाचनको मिति तोकिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट