न्यायाधीश थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस-Sutra News

न्यायाधीश थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस

आइतबार, १३ फाल्गुन २०८०

आइतबार, १३ फाल्गुन २०८०

काठमाडौं । न्याय परिषद्को आजको बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई पदमुक्त गर्न सिफारिस गरेको छ ।



प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आइतबार भएको बैठकले न्यायाधीशद्वय थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस गरेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए ।

परिषद्ले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई चेतावनीसहित महोत्तरी सरुवा गरेको छ । जिल्ला न्यायाधीश डा पशुराम भट्टराईले यसअघि नै राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट