शिशु चोरी गर्ने महिलालाई पाँच दिन हिरासतमा राख्न अनुमति-Sutra News

शिशु चोरी गर्ने महिलालाई पाँच दिन हिरासतमा राख्न अनुमति

आइतबार, १३ फाल्गुन २०८०

आइतबार, १३ फाल्गुन २०८०

काठमाडौं । थापाथलीस्थित प्रसुती अस्पतालबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी मनकुमारी सिंहलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले उनलाई हिरासतमा राख्न अनुमति दिएको हो ।



उनीविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति मागेको थियो । दैलेख घर भई काँडाघारी बस्ने सिंहले शुक्रबार मध्याह्न थापाथलीस्थित परोपकार प्रसुती गृहबाट अरुको बच्चा लगेकी थिइन् ।

परीक्षणका लागि आएकी काभ्रेकी एक महिलाको २६ दिनको बच्चा चोरी गरेको सिंहलाई प्रहरीले शुक्रबार नै नियन्त्रणमा लिएको थियो । प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा प्रहरीले मध्यरातमा काँडाघारीबाट बच्चाको उद्दार गरेको थियो । प्रहरीले सिंहका श्रीमान र दिदीलाई नियन्त्रणमा लिए पनि शिशु चोरीमा संलग्नता नदेखिएको भन्दै छाडिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट