काठमाडौं । त्रिभुवन विमानस्थलबाट उडान भर्न लागेको यति एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएको छ । विराटनगर उड्न लागेको विमानको इञ्जिनमा समस्या देखिएको हो ।
इन्डिकेसनले प्राविधिक समस्याको संकेत गरेपछि धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको विमान पुनः ‘पार्किङ वे’मा फर्काइएको थियो ।
यति एयरलाइन्सको एनवाइटी ७८७ विमान ८ः३० बजे विराटनगर उड्ने तयारीमा थियो ।