काठमाडौं । पर्साको वीरगञ्ज महानगर २५ बहुअरीबाट सशस्त्र प्रहरीले शंकास्पद विलबिजक भएको ७० लाख मूल्य बराबरको लत्ता कपडा र ट्रक नियन्त्रणमा लिएको छ ।
वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ३९७८ नम्बरको ट्रकमा लोड गरी ल्याउँदै गरेको लत्ता कपडाको विलबिजक शंकास्पद देखिएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले ट्रकसहित नियन्त्रणमा लिएको हो ।
लत्ता कपडाको ७० लाख र ट्रकको अन्दाजी मूल्य ४० लाख मूल्यांकन गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्