विपक्षी दलको अडान : तीन मन्त्रीको राजीनामा निर्विकल्प-Sutra News

विपक्षी दलको अडान : तीन मन्त्रीको राजीनामा निर्विकल्प

सोमबार, १४ फाल्गुन २०८०

सोमबार, १४ फाल्गुन २०८०

काठमाडौं । विपक्षी दलहरुले विवादित मन्त्रीहरुको राजीनामा आउनुपर्ने माग दोहो¥याएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरुले राजीनामा आउनुपर्ने माग राखेका हुन् ।



प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, विवादित पृष्ठभूमिका संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँती र भ्रष्टाचार प्रकरणमा मुछिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले राजीनामा दिनुको विकल्प नरहेको बताएको छ । एमालेले कि राजीनामा कि बर्खास्तीको माग गरेको छ ।

“कुराको सुन्दरता होइन, व्यवहारको प्रष्टता चाहियो, यहाँ विपक्षीको कुरा सुनुवाई हुनुपर्छ, ती तिन मन्त्रीको राजीनामा आउनैपर्छ, सरकार नाजावाफ बस्न मिल्दै”, संसद बैठकमा बोल्दै एमाले सांसद गोकुल बाँस्कोटाले भने, “हामी अब मौन बस्दैनौं ।”

एमालेले राजीनामा माग्दा विपक्षी दुई दल रास्वपा र राप्रपाले भने कि राजीनामा कि प्रधानमन्त्रीको भनाई आउनुपर्ने माग गरेको छ । रास्वपाका सभापति रवि लामिछानले विपक्षी दल संसद अवरोध गर्ने पक्षमा नरहेको भन्दै विपक्षीको मागलाई वेवास्ता नगर्न आग्रह चेतावनी दिए ।

उनले सभामुखले कडाईपूर्वक रुलिङ्ग गर्न माग गरे । उनले समय नै तोकेर रुलिङ्ग गर्न माग गरे ।

यद्यपि, सभामुखले समय तोकेर रुलिङ्ग भने गर्न मानेनन् । उनले यसअघि भइसकेको रुलिङ्गको पालना सरकारले गर्नेमा विश्वास व्यक्त गरे ।

सभामुखको भनाईपछि प्रमुख प्रतिपक्षी एमालेले सदनमा राजीनामा माग्दै नाराबाजी गरेको थियो । एमालेको नाराबाजीपछि सभामुखले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट