काठमाडौं । विवादित मन्त्रीका सम्बन्धमा स्पष्ट रुलिङको माग गर्दै विपक्षी दलले प्रतिनिधिसभा बैठक अवरोध गरेका छन् ।
विपक्षी दलको अवरोधसँगै प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवादित मन्त्रीको सम्बन्धमा कहिले जवाफ आउने हो ? त्यो तोकिएर रुलिङको माग राखेका थिए ।
रास्वपा सभापति रवि लामिछानेले विवादित मन्त्रीको सम्बन्धमा दिन, घण्टा र मिनेट तोकेर रुलिङको माग गरेका थिए ।