एमालेले यसरी जिल्लाइदियो स्वास्थ्यमन्त्रीलाई…-Sutra News

एमालेले यसरी जिल्लाइदियो स्वास्थ्यमन्त्रीलाई…

सोमबार, १४ फाल्गुन २०८०

सोमबार, १४ फाल्गुन २०८०

काठमाडौं । सोमबारको संसद बैठकको कार्यसूचीको तेस्रो नम्बरमा विद्युतीय व्यापार विधेयक, २०८० प्रस्तुत गर्ने भन्ने थियो । जसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हालेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले प्रस्तुत गर्ने कार्यसूची बनेको थियो ।



तर, प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को असहमतिपछि उक्त विधेयक प्रस्तुत हुन सकेन । एमालेको असहमतिपछि स्वास्थ्यमन्त्रीले विधेयक प्रस्तुत गर्न पाएनन् ।

मन्त्री बस्नेतले पदबाट राजीनामा दिनुपर्ने माग एमालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएका बस्नेतलाई पदबाट बर्खास्ती गर्नुपर्ने एमालेले राखिरहेको छ ।

सोमबार एमालेले बस्नेतसहित तीन मन्त्रीको राजीनामा माग्दै संसद बैठक अवरोध गरेको थियो । एमालेको अवरोधपछि बैठक केही समयका लागि स्थगित भएको थियो ।

सहमतिपछि बसेको बैठकमा एमालेको माग बमोजिम कार्यसूची हेरफेर गरिएको हो । बैठक सुरु हुनासाथ सभामुख देवराज घिमिरेले ३ नम्बरको बुँदा कार्यसूचीबाट हटाइएको जानकारी सदनलाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट