दुई सातापछि शेयर बजारमा दोहोरो अंकको बृद्धि-Sutra News

दुई सातापछि शेयर बजारमा दोहोरो अंकको बृद्धि

सोमबार, १४ फाल्गुन २०८०

सोमबार, १४ फाल्गुन २०८०

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार दोहोरो अंकले शेयर बजार बढेको छ । १३.२८ अंकले बढ्दै बजार १९९२.३० को बिन्दुमा उक्लिएको छ ।



लगातार ओरालोमा रहेको बजार झण्डै दुई सातापछि बृद्धि भएको हो ।

यसदिन कारोबारमा आएका २४८ कम्पनीमध्ये १६७ कम्पनीको मूल्यमा बृद्धि भयो भने ७५ कम्पनीको मूल्यमा गिरावट आयो । ६ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

सोमबार बोटलर्स नेपाल (बालाजु)को मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मनकामना स्मार्ट लघुवित्त, नेपाल वेयरिङ्ग हाउस, सोनापुर मिनरल्स, सिवासिएल लघुवित्तको मूल्यमा सर्वाधिक बृद्धि भएको छ ।

यद्यपि, बजार बढेपनि कारोबार रकम भने तीन महिनायताकै सर्वाधिक कम भएको छ । नेपाल स्टक एक्सचेन्जले जनाएअनुसार ५९ लाख ८८ हजार ७१७ कित्ता शेयर खरिद–बिक्री हुँदा कारोबार रकम दुई अर्ब एक करोड ७७ लाख रुपैयाँको भयो ।

यसदिन सर्वाधिक कारोबार सोनापुर मिनरल्स, हिमालयन लाइफ, शिवम् सिमेन्टलगायतको भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट