काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानसहित १० जनालाई पक्राउ गरेको छ । सोमबार सीआईबीले न्यौपानेसहित १० जनालाई पक्राउ गरेको हो ।
तत्कालिन सेन्चुरी कमर्सीयल बैंकमा रहँदा गरेको बैंक घोटलाको विषयलाई लिएर न्यौपानेसहितको टिमलाई सीआईबीले अहिले पक्राउ गरेको हो ।
न्यौपाने तत्कालिन सेन्चुरी कमर्सियल बैंकमा रहँदा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी थिए । सेञ्चुरी बैंक र प्रभु बैंकबीच मर्जर भएपछि उनी प्रभुको डीसीईओ बनेका हुन् ।
तत्कालिन समय ऋण प्रवाहमा अनियमितता गरेको पाइएपछि केन्द्रीय बैंकले उनीमाथि छानबिन थालेको थियो । अहिले छानबिनकै निम्ति केन्द्रीय बैंकको अनुरोधमा सीआईबीले उनीसहित १० जनालाई पक्राउ गरेको हो ।
जनाइएअनुसार कमसल धितो राखेर मिलेमतोमा ऋण प्रवाह गरिएको थियो । जसमा न्यौपानेसहितका अन्यको भूमिका देखिएकाले थप अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबीले जनाएको छ ।