प्रधानमन्त्री दाहालले ओडाए भक्तराजको पार्थिव शरीरमा राष्ट्रिय झण्डा-Sutra News

प्रधानमन्त्री दाहालले ओडाए भक्तराजको पार्थिव शरीरमा राष्ट्रिय झण्डा

मंगलबार, १५ फाल्गुन २०८०

मंगलबार, १५ फाल्गुन २०८०

वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरिएको छ।



भजन शिरोमणिको समेत उपाधि पाएका आचार्यको शवलाई अहिले काठमाडौंको सानो गौचरणस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जली दिएपछि आचार्यको शवलाई पशुपति आर्यघाट लगिएको छ ।

अनेक कालजायी गीत गाएका वरिष्ठ गायक आचार्यको श्रद्धाञ्जलीका क्रममा उनका केही चर्चित गुञ्जिएका थिए । प्रज्ञा प्रतिष्ठानमा उपस्थित कलाकारहरूले उनको सम्झनामा, जहाँ छन् बुद्धका आँखा… गुन्गुनाए।

आचार्यको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झण्डा ओडाए अन्तिम श्रद्धाञ्जली दिएका छन् । प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री दाहालले आचार्यको शवमा राष्ट्रिय झण्डा ओडाएर श्रद्धाञ्जली प्रकट गरेका हुन् ।

भक्तराजलाई अन्तिम श्रद्धाञ्जली दिनकालागि पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल पनि पुगेका थिए । त्यस्तै गायक, संगीतकार, कलाकार र रंगकर्मीहरूले पनि प्रज्ञा प्रतिष्ठान पुगेर उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

आचार्यले ‘मुटु जलिरहेछ’, ‘जति चोट दिन्छौ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरूको’, ‘माया मेरी साँझ बिहान’, ‘हजार आँखा हेर्ने’लगायत करिब चार सय गीतमा आवाज दिएका छन्।

नेपाली सांगीतिक क्षेत्रका वरिष्ठ गायक तथा संगीतकार आचार्यको सोमबार निधन भएको हो । गायक आचार्यको शरीरमा अक्सिजनको तह कम भएपछि अस्पताल लैजाने क्रममा उनको बाटोमै  ८२ वर्षको उमेरमा निधन भएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ।

गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि सांगीतिक क्षेत्रमै क्रियाशील छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट