फेरि दुई हजारको बिन्दुमा उक्लियो शेयर बजार-Sutra News

फेरि दुई हजारको बिन्दुमा उक्लियो शेयर बजार

मंगलबार, १५ फाल्गुन २०८०

मंगलबार, १५ फाल्गुन २०८०

काठमाडौं । फेरि शेयर बजार दुई हजारको बिन्दुमा उक्लिएको छ । साताको तेस्रो कारोबार दिन ९.३४ अंकले बढ्दै बजार २००१.६४ को बिन्दुको उक्लिएको हो ।



नेपाल स्टक एक्सचेन्जका अनुसार बजार समग्रमा ०.४६ प्रतिशतले बृद्धि भएको छ ।

यसदिन कारोबारमा आएका २४८ कम्पनीमध्ये १४३ को मूल्यमा बृद्धि भयो भने ४९ कम्पनीको मूल्य घट्यो । १६ कम्पनीको मूल्य भने स्थिर रहेको स्टक एक्सचेन्जले जनाएको छ ।

मंगलबार बोटलर्स नेपाल (बालाजु) र बिपिड्बु लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लागेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

घट्यो कारोबार रकम, सोनापुर मिनरल्सको कारोबार सर्वाधिक

बजार बढेपनि बजारमा झण्डै तीन महिनायताकै कम कारोबार भएको छ । स्टक एक्सचेन्जका अनुसार मंगलबार ५२ लाख ३९ हजार ४१६ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब ८६ करोड ९८ लाख रुपैयाँको भयो ।

कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स अग्रस्थानमा रह्यो । सोनापुर मिनरल्सको तीन लाख १३ हजार २९५ कित्ता किनबेच हुँदा कारोबार रकम १४ करोड १९ लाख ६२ हजार रुपैयाँको भयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट