माओवादीमा प्रदेश इन्चार्ज हेरफेर, कुन प्रदेशको जिम्मा कसले पाए ?-Sutra News

माओवादीमा प्रदेश इन्चार्ज हेरफेर, कुन प्रदेशको जिम्मा कसले पाए ?

मंगलबार, १५ फाल्गुन २०८०

मंगलबार, १५ फाल्गुन २०८०

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको हो ।



पार्टी सचिव गणेश साहका अनुसार बैठकले नेता हरिबोल गजुरेललाई कोशी प्रदेशको इन्चार्ज तोकेको छ भने नेता लीलामणि पोखरेललाई मधेशको इन्चार्ज तोकेको छ । पार्टी प्रवक्तासमेत रहेका नेता अग्नि सापकोटालाई बागमतीको इन्चार्ज तोकिएको छ भने दीनानाथ शर्मालाई गण्डकीको ।

यस्तै, लुम्बिनीको इन्चार्जमा चन्द्रप्रकाश खनाललाई तोकिएको छ भने कर्णालीमा कालीबहादुर मल्ललाई तोकिएको छ । मधेशका नेता गिरिराजमणि पोखरेललाई सुदूरपश्चिमको इन्चार्ज तोकिएको शाहले जानकारी दिए ।

बैठकले प्रवासअन्तर्गतका इन्चार्जहरु पनि तोकेको छ । शाहले जनाएअनुसार मध्यपूर्व ब्यूरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई तोकिएको छ ।

यस्तै, विशेष प्रदेशमा हितमान शाक्य र सम्पर्क समन्वय कमिटीमा देव गुरुङलाई तोकिएको शाहले जनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट