अत्यधिक चिसोले २१ लाख पशु मरे-Sutra News

अत्यधिक चिसोले २१ लाख पशु मरे

मंगलबार, १५ फाल्गुन २०८०

मंगलबार, १५ फाल्गुन २०८०

काठमाडाैं । ‘जुड’ नामक अत्यधिक चिसोले मङ्गोलियामा यो जाडो मौसममा अहिलेसम्म २१ लाखभन्दा बढी पशु मरेको राज्य आपत्कालीन आयोग (एसइसी) ले बताएकाे छ ।



“आजसम्म मुलुकभर जुडका कारण कम्तीमा २१ लाख ३६ हजार पाँच सय तीन पशु मरेका छन्”, एजेन्सीले भनेको छ । उक्त आँकडा अघिल्लो वर्षको तुलनामा ८५ प्रतिशतले बढी हो ।

जुड अत्यधिक चिसो अर्थ दिने मङ्गोलियाली शब्द हो । अत्यधिक चिसोले जमिन जमेको वा हिउँले ढाकिएका कारण ठूलो सङ्ख्यामा पशु मर्ने गर्छन् ।

मुलुकको मौसम अनुगमन एजेन्सीका अनुसार मङ्गोलियामा यो वर्षको जाडोमा सामान्यभन्दा धेरै हिमपात भएको छ । मुलुकको ८० प्रतिशतभन्दा धेरै भूभाग अहिलेसम्म एक सय सेन्टिमिटरसम्म बाक्लो हिउँले ढाकेको छ ।

विश्वको अन्तिम जीवित फिरन्तेहरूको मुलुकमध्ये एकका रूपमा मङ्गोलियाले हालै कडा चिसो र पशुधनको क्षतिका कारण आफ्नो प्रकोप तयारीलाई उच्च सतर्कतामा राखेको छ ।

भूपरिवेष्ठित मङ्गोलियाको खानीमा निर्भर अर्थतन्त्रमा विविधता ल्याउन पशुपालनलाई प्रवर्द्धन दिनु सबैभन्दा व्यावहारिक तरिका मानिन्छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार सन् २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको सङ्ख्या छ करोड ४७ लाख थियो । रासस/एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट