सौगात मल्ल भन्छन्- ‘अगस्त्य’ हेर्दा दर्शकले नयाँपन देख्न पाउँछन्-Sutra News

सौगात मल्ल भन्छन्- ‘अगस्त्य’ हेर्दा दर्शकले नयाँपन देख्न पाउँछन्

मंगलबार, १५ फाल्गुन २०८०

मंगलबार, १५ फाल्गुन २०८०

बुटवल । सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर फिल्म ‘अगस्त्य’को ट्रेलर सार्वजनिक भएसँगै यो फिल्मको चर्चा देशभर भइरहेको छ ।



सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित हुँदै अभिनेता सौगात मल्ल अगस्त्य एउटा सामाजिक कथा भित्रको एक्सन सस्पेन्स र थ्रिलर फिल्म भएको बताएका छन्।

बदलाको कथामा आधारित फिल्म अगस्त्यकालागि रिलिज डेट नजिकिँदै जाँदा सौगात दर्शक भेट्न तराई मधेशमा केन्द्रित छन्। तराईको भूभागसँगै हरेक नेपालीले हेर्ने पर्ने कथा बनेको बताउँदै सौगातले अगस्त्यले नेपालीको सामाजिक र मानसिक तवरबाट समग्र कथा बोलेको बताएका छन्।

चलचित्र पत्रकार संघ नेपाल रुपन्देही शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सौगात मल्लले सो कुरा बताएका हुन्।

सो अवसरमा बोल्दै खलनायकका रूपमा ट्रेलरमा देखिएका विश्वास बस्नेतले फिल्म हेर्दा आनन्द लाग्ने र पूर्ण कमर्शियल बनेकोले दर्शकले सौगात मल्लको पुनः नयाँपन देख्ने बताए।

फिल्मका कलाकारहरू सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, निश्चल बस्नेत, प्रमोद अग्रहरि, रविन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का लगायत फिचर्ड छन् ।

फागुन १८ गते प्रदर्शन तयारीमा रहेको यो फिल्म एक्सन जनरा रुचाउने दर्शकका लागि पर्खाइको सूचीमा रहेको सौगात मल्लको भनाई छ। भारत र नेपालका विभिन्न थलोमा छायांकन गरिएको यो फिल्ममा सौगातको बहुचरित्रकरण देख्न सकिन्छ ।

प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेलले निर्माण गरेको फिल्मको लेखन पनि सौरभकै छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता हुन् । सेभेन सिजले यसलाई अन्तर्राष्ट्रिय वितरण गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट