अज्ञात बन्दुकधारीहरूले गोली चलाउँदा एक प्रहरीको मृत्यु-Sutra News

अज्ञात बन्दुकधारीहरूले गोली चलाउँदा एक प्रहरीको मृत्यु

मंगलबार, १५ फाल्गुन २०८०

मंगलबार, १५ फाल्गुन २०८०

काठमाडाैं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार अज्ञात बन्दुकधारीहरूले गोली चलाउँदा १ जना प्रहरीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।



उक्त घटना सो प्रान्तको पेशावर शहरको ऐजाजाबाद क्षेत्रमा भएको हो । मोटरसाइकलमा सवार अज्ञात आक्रमणकारीहरूले नियमित गस्तीमा रहेको प्रहरी टोलीमाथि गोली हानेका थिए।

आक्रमणमा गम्भीर घाइते भएका प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरीले आसपासका क्षेत्रमा खोजी अभियान शुरु गरेको छ ।

आक्रमणको हालसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट