किन आत्महत्याको प्रयास गरिन् भारती मानन्धरले ?-Sutra News

किन आत्महत्याको प्रयास गरिन् भारती मानन्धरले ?

मंगलबार, १५ फाल्गुन २०८०

मंगलबार, १५ फाल्गुन २०८०

काठमाडौं । गुण्डा नाइके योगराज ढकाल रिगलबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले आत्महत्याको प्रयास गरेकी छिन् । मंगलबार दिउसो १ बजेको आसपास भारतीले औषधिको ओभरडोज लिइ आत्महत्या प्रयास गरेको बाँके प्रहरीले जनाएको छ ।



अहिले भारतीको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था स्थिर रहेको पनि जनाइएको छ।

बाँके प्रहरीले जनाएअनुसार आफ्नो छोरालाई भेट्न नपाएपछि उनले आत्महत्याको मनसाय राखी औषधिको ओभरडोज लिएकी थिइन् । औषधिको ओभरडोज लिई बेहोस भएकी उनलाई अस्पताल लगिएको थियो ।

स्थानीय सञ्चारकर्मी आशिष मल्ल ठकुरीले सञ्चारमाध्यमलाई जनाएअनुसार छोरा पढ्ने विद्यालयले भारतीलाई छोरासँग भेट्न नदिएको र खाजासमेत फिर्ता गरिदिएपछि उनले आत्महत्याको प्रयास गरेकी हुन् । स्थानीय क्रिष्टल बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत आफ्नो छोरालाई भेट्न र खाजा पुर्याउन भारती दैनिकरुपमा विद्यालयमा जाने गरेकामा मंगलबार विद्यालयले उनलाई भेट्न र खाजा दिन नमिल्ने भनी फिर्ता पठाएको थियो ।

जनाइएअनुसार बालकको अभिभावकको नाममा हजुरबुवा र हजुरआमाको नाममात्रै रहेको भन्दै विद्यालयले भारतीलाई त्यस्तो व्यवहार गरेको थियो । विद्यालयले फिर्ता पठाएपछि भारतीले सामाजिक सञ्जाल फेसबुकमा ‘छोरा मलाई माफ गरिदेउ, म थाकी सकेँ’ भन्दै भावुक स्टाटस लेखेकी थिइन् । जुन स्टाटस लेखेलगत्तै उनले औषधि खाएको पाइएको जनाइएको छ ।

भारतीले आफ्नो छोरालाई आफैले राख्नुपर्ने चाहना व्यक्त गर्दै आएको भएपनि चेतनका बुबाआमाले भने नातीलाई बुहारीको अवस्था अनुकुल नभएको भन्दै आफूहरुले राखिरहेका छन् । छोरा आफूसँग नहुँदा पनि भारती मानसिक रुपमा विक्षिप्त रहेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट